नियम
पैठारी प्रवेश अनुमतिपत्रका लागि निवेदन दिने
पेठारी प्रवेश अनुमतिपत्रका लागि निवेदन दिनेः (१).नेपालमा बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेन्ट वा लाभदायक कीरा, माटो, झ्याउ, पीट लगायतका बिरुवा हुर्कने माध्यम, जर्मप्लाज्म, जीवित परिमार्जित वस्तु, अनुवांशिक परिमार्जित वस्तु वा ट्रान्सजेनिक पदार्थ पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले त्यस्तो वस्तु वा पदार्थ पैठारी गर्नु अघि प्रवेश अनुमतिपत्र प्राप्त गर्न देहाय बमोजिमका कागजात तथा विवरण र दस्तुर वापत पाँच सय रुपैयाँ बुझाएको प्रमाण संलग्न गरी अनलाइन प्रणाली मार्फत अनुसन्धान तथा रोपणका लागि भए केन्द्रको प्रमुख समक्ष र सौ बाहेक अन्य प्रयोजनको लागि भए सम्बन्धित कार्यालय प्रमुख समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ:-

(क) पैठारी गरिने वस्तुको अग्रिम बील बीजक (परफर्मा इन्भ्वाइस) को प्रतिलिपि,

(ख) बीउ बिजन पैठारी गरिने भए बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको सिफारिसपत्र,

(ग) अनुसन्धानको लागि पेठारी गरिने भए अनुसन्धान गर्ने व्यक्ति वा संस्थाको अनुरोधपत्र र नेपाल कृषि अनुसन्धान परिषद्‌ वा अन्य आधिकारिक निकायले गरेको सिफारिसपत्र,

(घ) जर्मप्लाज्म पैठारी गर्ने भएमा मन्त्रालयको सिफारिसपत्र, (ङ) जीवित परिमार्जित वस्तु, अनुवांशिक परिमार्जित वस्तु वा ट्रान्सजेनिक पदार्थ पैठारी गर्दा त्यस्ता वस्तु बीउको रुपमा प्रयोग नगर्ने शर्तमा सम्बन्धित प्रशोधन उद्योगबाट प्रशोधन पछि मात्र/ बिक्री वितरण हुने प्रतिबद्धतापत्र,

(च)- निजी प्रयोजनका लागि पैठारी गरिने बिरुवाको हकमा अनुसूची-२ बमोजिमको कबुलियतनामा,

(छ) व्यावसायिक रुपमा बिरुवा तथा बिरुवाजन्य सामग्री रोपणका लागि पैठारी गरिने भए अनुसूची-३ बमोजिमको ढाँचामा सम्बन्धित निकायको सिफारिसपत्र, र

(ज) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रम सञ्चालनका लागि पैठारी गरिने भए त्यस्तो कार्यक्रम सञ्चालन हुने स्थान लगायतका विवरण सहितको अनुरोधपत्र ।

(२) उपनियम (१) बमोजिम प्राप्तनिवेदन, सो साथ संलग्न विवरण तथा कागजात जाँचबुझ गर्दा केन्द्र वा कार्यालय प्रमुखले प्रवेश अनुमतिपत्र दिन मनासिब देखेमा अनुसूची-४ बमोजिमको . ढाँचामा प्रवेश अनुमतिपत्र दिनु पर्नेछ।

(३) कुनै व्यक्ति वा संस्थाले उपनियम (१) बमोजिम प्रवेश अनुमतिपत्र लिन निवेदन दिन नसकेको कारण देखाई प्रवेश नाकामा . अनुसन्धान तथा रोपण बाहेक अन्य प्रयोजनका लागि प्रवेश अनुमतिपत्र लिन चाहेमा उपनियम (१) बमोजिमका कागजात र्‌ एक हजार रुपैयाँ दस्तुर बुझाएको प्रमाण संलग्न गरी अनलाइन प्रणाली :मार्फत कार्यालय प्रमुख समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।

(४) उपनियम (३) बमोजिम निवेदन दिएमा कार्यालय ८ प्रमुखले एक पटकको लागि अनुसूची-४ बमोजिमको ढाँचामा प्रवेश अनुमतिपत्र दिन सक्नेछ।

(५) उपनियम (२) वा (४) बमोजिम पैठारी प्रवेश अनुमतिपत्र प्राप्त गर्ने व्यक्ति वा संस्थाले ऐनको दफा ७ को उपदफा (२) बमोजिम मन्त्रालयले तोकेको पैठारी सम्बन्धी शर्त तथा बन्देजको पालना गर्नु पर्नेछ।

(६) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा संलग्न गरिएका कागजात अपर्याप्त भएको वा अन्य कारणबाट प्रवेश अनुमतिपत्र दिन उपयुक्त नदेखिएमा कार्यालय प्रमुखले सात दिनभित्र निवेदकलाई अनुसूची-६ बमोजिमको ढाँचामा जानकारी दिनु पर्नेछ। "